काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।
सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।
सांसद बजगाईले सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै लेखेका छन् – ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु ।’
सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो l मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु l टिप्पणीबाट परिवारजनमा…
— Rajendra Bajgain (Raj) (@Rajgurkha) November 20, 2024
यसअघि सांसद बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेले उजुरी दिएका थिए । शृङ्खलवद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा सांसद बजगाईंविरुद्ध मन्त्री पाण्डेले उजुरी दिएका थिए ।
मन्त्री पाण्डलेले आफू निष्ठा र इमानदारीका साथ अगाडि बढिरहेको बताउँदै बजगाईका अवाञ्छित अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको भन्दै उजुरी गरेका थिए ।