बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइममा अनुसन्धान हुने

मंगलबार, मंसिर ४ २०८१

काठमाडौं । भक्तपुरस्थित घरबाट पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।

‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको अभियोगमा पक्राउ परेका  प्रसाईंविरुद्ध विद्युतीय अपराध सजाय ऐनअन्तर्गत अनुसन्धान हुने भएको हाे । सीआईबीका प्रमुख दिपक थापाका अनुसार, प्रारम्भिक जाँचका क्रममा प्रसार्ईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सबै कागजात कीर्ते रहेको देखिएको छ ।

प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका उनीमाथि विद्युतीय अपराध सजाय ऐन (साइबर अपराध)अन्तर्गत अनुसन्धान हुने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए ।