बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुर्गा प्रसाईँ पक्राउ

मंगलबार, मंसिर ४ २०८१

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।

प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।

प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । प्रथम दृष्टिमै सो कागजात नक्कली रहेको देखिन्छ । त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जाल सेयर भइरहेको छ। विशेष त प्रसाईका समर्थक, रास्वपाका नेता कार्यकर्ताहरुले त्यो भिडियो सेयर गरेका छन् ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्। प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरिएको उक्त भिडियोमा देखिएको कागजातमा प्रधानमन्त्री ओलीको हस्ताक्षर मात्र होइन, नामसमेत बिग्रिएको छ।

प्रधानमन्त्री ओलीको २०७० असोज १४ गते जारी नागरिकताको प्रतिलिपिमा उनको नाम केपी शर्मा र कोष्ठमा (ओली) राखिएको छ।

चलनचल्तीमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली भनिए पनि नागरिकतामा भने केपी शर्मा ओली नै रहेको छ। तर सार्वजनिक उक्त कागजातमा खड्का शर्मा ओली छ ।