काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
सोमबार साँझ सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीको चीन भ्रमण, मन्त्री हेरफेर र स्थानीय तहको उपनिर्वाचनलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।