काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा उपनिर्वाचन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
यसअघि सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।
यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो।
जसअनुसार थप छलफलका लागि आज पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो।