बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

क्रोसिया पोर्चुगलसँग बराबरी खेल्दै क्वाटरफाइनलमा

मंगलबार, मंसिर ४ २०८१

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो बिना क्रोसियासँग खेलेको पोर्चुगल बराबरीमा रोकिएको छ ।

युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोर्चुगलक्रोसियासँग बराबरीमा चित्त बुझाउनु परेको हो । गएराति सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग १/१ गोलको बराबरीमा रोकिएको हो ।

पोर्चुगलका लागि खेलको ३३औ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई खेलाएको थिएन ।

यो जितपछि पोर्चुगल समूह एकमा शिर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै क्रोसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ ।

त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो हुदै रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुदै नेसन्स लिग बी मा रेलिगेट भएको छ ।