बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एउटै स्कुलका १५ जनाले निकाले एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम

मंगलबार, मंसिर ४ २०८१

रुपन्देही । बुटवलको कालिका मानव ज्ञान माविका ६४ जना विद्यार्थीले सरकारद्वारा सञ्चालित स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

एमबीबीएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिस्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबीबीएसतर्फ धेरै जनाले नाम निकाल्ने कालिका पहिलो स्कूल भएको दाबी गरे।

एमबीबीएस, बीडीएस, अप्टोमेट्री, बी फर्मा, एग्रिकल्चर, बीएस्सी नर्सिङ, एमबीए, एलटीई र इन्जिनियरिङको स्नातक तह अन्तर्गत पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।