बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

त्रिशूलीमा ट्रक खस्यो

मंगलबार, मंसिर ४ २०८१

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाटमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट काठमाडौं आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान रोराङ गाउँपालिका १० खयरघारीबाट त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बिहान ६ बजेतिर उक्त ट्रक त्रिशुलीमा खसेको हो ।

दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।

ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।