बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर अन्तिम दर्शनका लागि सानो गौचरनमा राखिँदै

अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने

सोमबार, मंसिर ३ २०८१

काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्यष्टि हुने भएको छ ।

ढुंगानाको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि बिहान ११ बजे सानो गौचरनमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनका भान्जा सुरज भट्टराईले जानकारी दिएका छन् ।

ढुंगानाको अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनले जानकारी दिएका हुन् ।

ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली साढे ११ बजे सानो गौचरन जाने कार्यक्रम रहेको छ ।

ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पूर्वसभामुख ढुंगानाको फ्रन्टलाइन अस्पतालमा कलेजोको उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो ।   वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।