बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

सोमबार, मंसिर ३ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ ।