काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
साथै बैठकले पूर्व सभामुख ढुङ्गानाको निधन प्रति श्रद्धाञ्जली दिन र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
पुर्वसभामुख ढुङ्गानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी रहेको छ ।
त्यसअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए ।