काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरसहित दुई वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
मेयरमा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन् भने वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले मनोनयन दर्ता गराएका छन् ।
मेयर पदमा उम्मेद्वारी दर्ता गराएपछि डा मानन्धरले जनताले आफ्नो दललाई माया गरेको दाबी गरे ।उनले अब पार्टी र आफूहरूप्रतिको आशा अनि भरोसा व्यवहारमा परिणत गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नो कार्यकालमा कीर्तिपुरलाई समृद्ध र बस्नयोग्य बनाउने दाबीसमेत गरे ।
आउँदो १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।