काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी नदिने भएको छ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता चलिरहेको छ।
रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने भएको हो।
रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस भएको थियो। वडा नम्बर ४ मा सुशील बाँस्कोटाको नाम सिफारिस भएको थियो भने वडा नम्बर १ मा उम्मेदवार नै सिफारिस भएको थिएन।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा। सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा।डा। शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।
कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।