बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आज पनि घट्यो सुनको भाउ

आइतबार, मंसिर २ २०८१

काठमाडौं । साताको पहिलो दिन आज पनि सुनको भाउ घटेको छ ।

आज छापावाल सुन प्रति तोला एक सय रुपैयाँले घटेको हो।

छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम दिन गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।