काठमाडौं । काठमाडौंसहित देशका केही ठाउँमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
कम्पनीको मोबाइल सेवा अन्तर्गतका प्रिपेड तथा पोस्टपेडको फोन बिहान ११ बजे केहीबेर अवरुद्ध भएको थियो भने इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको थियो ।
के कति कारण सेवा अवरुद्ध भएको टेलिकमले अहिलेसम्म जानकारी दिएको छैन । अहिले भने सेवा सुचारु भएको छ ।