काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।
वडा नम्बर १६ को अध्यक्षमा नेकपा (एमाले) बाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् ।
यस्तौ नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार छन् भने उनलाई नेकपा (माओवादी केन्द्र) को पनि समर्थन छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने रोजिना श्रेष्ठ उम्मेदवार बनाउने भएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता भइरहेको हो ।