बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनकाे पहिलो उम्मेदवारी

आइतबार, मंसिर २ २०८१

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति पार्टी)का दिल कुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका छन् । सत्तारुढ दलहरु मध्ये नेकपा एमाले र नेपाली कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने भएका छन् ।

यता कीर्तिपुर १ को अध्यक्षका लागि विनोद महर्जनले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उनले आइतबार बिहान कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता भइरहेको हो ।