बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

झापामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

आइतबार, मंसिर २ २०८१

झापा । शनिबार साँझ बिर्तामोड नगरपालिका २ को रामचौकमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

शिवसताक्षी ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । उनी मे १० प ६०१७ नम्बरको सवार थिइन् ।

स्कुटरको पछाडि बसेकी सोही ठाउँकी २८ वर्षीया सरिता राउत घाइते भएकी छन् ।

उनको हातखुट्टा, अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी रोजीलाई बिर्तासिटी अस्पतालमा प्रारम्भीक उपचारपछि विएण्डसी अस्पताल लगिएको थियो । उनको राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अर्की सरिताको बिर्तासिटी अस्पताल बिर्तामोडमा भइरहेको छ । उनको अवस्था सामान्य छ। उनीहरूले प्रयोग गरेको स्कुटरलाई बिर्तामोडको मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।