बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आज अफगानिस्तानसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल खेल्दै

शनिबार, मंसिर १ २०८१

काठमाडौं । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।