बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रवि लामिछानेलाई रुपन्देहीबाट आज फेरि कास्की लगिँदै

शुक्रबार, कार्तिक ३० २०८१

काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि कास्की फर्काइने भएको छ ।

रूपन्देहीमा उनको बयान सकिएपछि पुन कास्की फिर्ता पठाउन लागिएको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार सकिएको थियो ।

लामिछानेको बयान सकिएलगत्तै हिजै बुद्धएयर मार्फत कास्की पठाउने तयारी गरेपनि मौसम प्रतिकुलताका कारण विमान नउडेपछि रुपन्देहीमै राखिएको थियो । बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार मौखिक र बुधबार तथा बिहीबार लिखित ७० भन्दा बढी प्रश्न सोधेको छ । उनको ३ दिनमा साढे २३ घण्टा बयान लिइएको छ ।

लामिछानेलाई रूपन्देहीमा तीन दिन बयान लिइएको हो । पहिलो दिन मौखिक प्रश्नको जवाफ, दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा लामिछानेले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन्।

अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको दाबी गरेका छन् ।

उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।अव उक्त बयानका आधारमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन तयार गर्ने छ। कास्की प्रहरीको हिरासतमा रहेका बेला लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले पूर्वडीआईजी छविलाल जोशीलाई पनि पोखराबाट रुपन्देही पु¥याएर बयानपछि पोखरा लगिएको थियो ।