बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गरिमा विकास बैंक र नेपाल विधुतीय व्यवसायी महासंघबीच सम्झौता

बिहिबार, कार्तिक २९ २०८१

काठमाडौ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र नेपाल विधुतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार नेपाल विधुतीय व्यवसायी महासंघले उक्त संघमा आबद्ध विधुतीय उपकरण सम्बन्धी उद्यमीलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ । संघमा आबद्ध उद्यमीले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत आठ दशमलव ४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा शुन दशमालव ७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्नेछन् । साथै प्रचलित कानुन अनुसार घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरू समेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।