बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आत्मसमीक्षासहित उपनिर्वाचनमा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन

बुधबार, कार्तिक २८ २०८१

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं। हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घर घरमा पुग्नुहोस्।’

माओवादी अन्य दलभन्दा फरक शक्ति हो भन्ने कुरा पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भन्ने जनताले बुझिसकेको बताए।

पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।

अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएको बेला माओवादीले हरेक पटक रूपान्तरणकारी काम गरेको उनको दाबी छ ।

उनले पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गरे । प्रचण्डले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिवद्धतासहित जनताको बीचमा जान नेता–कार्यकर्तालाई आग्रह गरे ।

प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको जनमत आफ्नो पार्टीको पक्षमा भएको जिकिर गरेका छन् ।

यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्ने उनले बताए ।