काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा जितनजिक पुगेका छन्।
निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।
ताजा अवस्थामा ट्रम्प २६७ इलेक्टोरल भोटसहित अगाडि हुँदा ह्यारिस पनि २१४ इलेक्टोरोल भोटसहित पछ्याइरहेकी छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।