काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्म ३० राज्यको नतिजा सार्वजनिक भइसकेको छ।
नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेका छन्।
अमेरिकी सञ्चार माध्यमको अनुसार निर्णायक मानिएको स्टेटको अझै नतिजा आएको छैन्। अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको लेखेका छन् ।
अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।
यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनेछन् । ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनेछिन् । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ ।