बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

अवैध लागूऔषध सहित चार जना पक्राउ

बिहिबार, असोज २४ २०८१

काठमाडौं : सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–८ खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम, २ थान मोबाइल र नगद २ हजार ५ सय रूपैयाँ सहित दैलेख नारायण नगरपालिका–११ बस्ने २४ वर्षीय दिलिप सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ परिवर्तित मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय राजु थापा र २८ वर्षीय अभिषेक मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित इलाम, इलाम नगरपालिका–९ बस्ने ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।