काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी बजारमा ना.४२ प ४८९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१७ बस्ने ६२ वर्षीय धनिराम महतोको मृत्यु भएको छ । मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
गोरखाको गोरखा नगरपालिका–१० हुल्चेस्थित सडकमा हाल नम्बर नखुलेको क्रेन करिब २० मिटर तल खोल्सामा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सोही क्रेनले च्यापिएर बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको छ । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–४ गोकुवाचोकस्थित सडकमा प्र.१–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकलाई प्र.१–०२–००१ क ३७१३ नम्बरको ट्रकले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा घर भएका २७ वर्षीय चन्द्र बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।