बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

अवैध लागूऔषध सहित दुई जना पक्राउ

आइतबार, असोज २० २०८१

काठमाडौं : नवलपरासी पूर्वको देवचुली नगरपालिका–१४ कैलाशचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्राम सहित कावासोती नगरपालिका–१२ बस्ने २२ वर्षीय लक्ष्मण परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्‍ट दलदलेबाट खटिएको प्रहरीले मुण्डेबाट दलदलेतर्फ आउँदै गरेको ना.४८ प ७४७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका–११ नगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार क्याप्सुल सहित सोही उपमहानगरपालिका–११ आमचोक बस्ने २९ वर्षीय देवराज भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।