बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

१०७ किलो गाँजासहित एकजना पक्राउ

शुक्रबार, असोज १८ २०८१

हेटौंडा । प्रहरीले १०७ किलो ५० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका -२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ को चेकपोष्ट सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको १०७ किलो ५० ग्राम लागूऔषध गाँजा फेला परेको थियो।

लागूऔषध र बोलेरो गाडीसहित चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।