बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हत्या गरेको अभियोगमा पक्राउ

बिहिबार, असोज १७ २०८१

ताप्लेजुङ : आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका–१ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।