बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इरानले इजरायलमाथि एकैपटक गर्‍याे १८१ ब्यालेस्टिक मिसाइल प्रहार

बुधबार, असोज १६ २०८१

एजेन्सी । इरानले मंगलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको छ । यी मध्ये कम्तिमा केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्।

इजरायली सेनाका अधिकारीहरूले आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन् । तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन।

इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले इरानको शासन खतरनाक र विश्व शान्तिका लागि खतरा भएको बताएको छ ।

यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो । अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । यो अप्रिलको तुलनामा अलिकति ठूलो आक्रमण हो। पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो ।

इजरायली टिभीमा देखाइएको फुटेजमा स्थानीय समय अनुसार बेलुका ७स्४५ बजे तेल अवीव र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखिएको थियो ।

इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सले आफ्नो सेनाले पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल ९मिसाइलरड्रोन०ले सही लक्ष्यमा प्रहार गरेको बताएको छ ।

तर इजरायली सेनाले इरानले प्रहार गरेको ठूलो संख्यामा मिसाइलहरू नष्ट भएको दाबी गरेको छ।

यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो । अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । यो अप्रिलको तुलनामा अलिकति ठूलो आक्रमण हो। पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो ।

इजरायली टिभीमा देखाइएको फुटेजमा स्थानीय समय अनुसार बेलुका ७स्४५ बजे तेल अवीव र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखिएको थियो ।

इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सले आफ्नो सेनाले पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल (मिसाइलरड्रोन) ले सही लक्ष्यमा प्रहार गरेको बताएको छ ।

तर इजरायली सेनाले इरानले प्रहार गरेको ठूलो संख्यामा मिसाइलहरू नष्ट भएको दाबी गरेको छ।

अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान

यसैबीच अरब लीगका महासचिव अहमद अबोल–घितले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली आक्रमण र त्यसका प्रभावहरूबिरुद्ध आवाज उठाउन आग्रह गरेका छन्।

अरब लीगका प्रमुखले जारी संकटको बीचमा लेबनान र जनतासँग ऐक्यवद्धता व्यक्त गर्नुभयो । लेबनानी जनताले हालैका वर्षहरूमा धेरै पीडा भोग्नुपरेको उल्लेख गर्दै यो गम्भीर अवस्थालाई समाधान गर्न पहिले भन्दा बढी सहयोग आवश्यक रहेको बताएका छन् ।