झापा । झापा शिवसताक्षी नगरपालिका ८ सिमलचोकका नारायण सिटौला सहोदर भाइको हत्या आशंकामा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेले उनलाई शनिबार नियन्त्रणमा लिइएको हो ।
बिहीबार शिवसताक्षी ८ सितलचोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या भएको थियो। उनी घर नजिकै रक्ताम्य अवस्थामा मृत फेला परेका थिए ।
हत्या आशंकामा दाजु नारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इप्रका झिलझिलेका प्रहरी निरीक्षक सुशील थापामगरले बताए ।
तीनजना दाजुभाइ मध्ये नारायण जेठा, रामप्रसाद माइला र अर्को एकजना भाइ छन् । रामप्रसाद अविवाहित रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानबाट दाजुभाइले मादकपदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
भाइलाई नारायण चिर्पटले हानेको प्रहरी आशंका छ । घटनास्थल वरपर दाउरा छरिएको र रगत लतपतिएको भेटिएको थियो ।