शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको हो ।

सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै सरकारले पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए ।

उनको स्थानमा यादवको सिफारिस गरिएको हो । सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।