मोरङ । मोरङको सुन्दरहरैँचामा दुई बालिका मृत भेटिएका छन् ।
शनिवार सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा एकै घरमा दिदी–बहिनीको शव भेटिएको हो ।
तीन वर्षकी अर्पणा कार्की र एक वर्षीया आइका कार्कीको विषादी खुवाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।
दुई बालिका मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षका अर्जुन कार्कीका दुई छोरीको हत्या भएको हो । अर्जुन सवारी चालक हुन् । बालिकाका बुवा–आमा अर्जुन र अस्मिता पौडेलबीच शनिवार बिहान झगडासमेत भएको स्थानीयले जनाएका छन् ।
आमा २९ वर्षीया अस्मिता पौडेल भने घटनापछि फरार छिन् । घटनामा उनकै संग्लग्नता भएको पुष्टि हुने आधार रहेको एसपी कार्कीले बताए ।
घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।