बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

सोमबार, भाद्र १० २०८१

काठमाडौं । काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या भएको छ ।

आइतबार राति बुद्ध बिहारअगाडि रड प्रहार गरी ४० वर्षीय रूपक वान्तवाको हत्या भएको प्रहरीले जनाएको छ ।

वान्तवा शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका छन् ।

पुल हाउसमा वान्तवाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा उनीमाथि कुटपिट भएको थियाे ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।