बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

१६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारकाे आराेपमा ६ जना पक्राउ

आइतबार, भाद्र ९ २०८१

झापा । झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।

ती बालिकामाथि जिल्लाका छुट्टाछुट्टै स्थानमा सामुहिक बलात्कार भएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए । बलात्कार आरोपमा ६ जनालाई पक्राउ गरेको छ भने १ जना फरार छन् ।

ती बालिकामाथि सातजना युवाले अर्जुनधारा नगरपालिका– ५ र बिर्तामोडमा बलात्कार भएको पाइएको उनले आइतवार जानकारी दिए ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलगायत छन् ।

लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।