बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

बुधबार, साउन ३० २०८१

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा आठ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरूले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकको देशको सातै प्रदेशमा एक सय ३३ वटा कार्यालयहरु तथा एक सय २४ वटा एटिएम काउन्टरहरू सञ्चालनमा रहेका छन्।