बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

मंगलबार, साउन २९ २०८१

धादिङ । बलात्कारको आरोपमा धादिङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा धादिङ प्रहरीले गुल्मीको इस्मा घर भएका वर्षीय फुर्सा बहादुर मुखियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका मुखियालाई जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

मुखियाले २०८१ असार १० गते घरमै गएर बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २१ गते उजुरी दिएकी थिईन् । पीडितको धादिङ अस्पतालमा साउन २१ गते स्वास्थ्य परीक्षण गरिएको छ ।

घटनाको अनुसन्धानको लागि धादिङ अदालतले ७ दिनको म्याद दिएको छ ।