बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

शुक्रबार, साउन १८ २०८१

सिरहा । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा  भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह छन् । उनीहरु एक थान पेस्तोलसहित पक्राउ परेका हुन् ।