बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

मंगलबार, साउन ८ २०८१

पर्सा । हुण्डी कारोबारको आरोपमा बाराबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा फेटा गाँउपालिका–६ पुरैनिया सैदुल्ला मियाँ ठकुराई र बागर अन्सारी रहेका छन्।

बिश्रामपुर गाँउपालिका–१ घोडासहन नाकास्थित ना ३६ प ४५६३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा दुबै जनाको साथबाट दस लाख २० हजार नगद बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई हुण्डीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।