शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

प्रचण्डले थाले अर्को मुभ, पम्फा भुसालको नेतृत्वमा एक टोली भारत पठाए

बिहिबार, असार २० २०८१

काठमाडौं । अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिनुको कारण छिमेकी देश भारतकाे आस रहेको पाइएको छ ।

भारतीय सक्रियता र प्रधानमन्त्रीको आश्वासनका कारण आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका रास्वपाका मन्त्री पनि राजीनामा नबुझाइ फर्किएको खुलेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा भारत पुगेका उनले फर्किएपछि एमालेसँगको दुरी बढाएर कांग्रेससँगको दुरी घटाएको एमालेको आरोप छ । अझ प्रधानमन्त्रीले केही महिना भित्रै एमालेसँगको सहकार्य छाडेर कांग्रेससँग सहकार्य गर्ने गरी भारतलाई आश्वस्त पारेको समेत एमालेले बताएको छ ।

एमाले-कांग्रेससँग खेल्न खोजेकै कारण यो स्थिति सिर्जना हुन पुगेको एमाले-कांग्रेसले बताएका छन् ।

नभन्दै कांग्रेस एमालेको समीकरण बनेर अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले फेरि एक पटक अर्को प्रयास थालेका छन् ।

उनले माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा एक टोली भारत पठाएका छन् ।

प्रधानमन्त्रीले भुसालको नेतृत्वमा चार्ल्स मेण्डिजसहितको टोली नयाँदिल्ली पठाएका हुन् । विवादास्पद छविकी मेण्डिज नेपालमा अमेरिकाका लागि काम गर्ने भनेर चिनिन्छिन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संविधानत प्रधानमन्त्री प्रचण्डले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ । प्रचण्डले विश्वासको मत लिने तयारी थालेका छन् । प्रष्ट अल्पमतमा परेका उनले विश्वासको मत किन फेस गर्दैछन् भन्ने आशंका विच छिमेकी राष्ट्र भारतलाई हारगुहार गर्ने, कांग्रेस भित्र अझै पनि खेलेर सरकार टिकाउने, नसके कांग्रेसलाई प्रधानमन्त्री दिएर सरकारमा बस्ने योजनामा छन् ।