शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

अछाम छाउगोठमा बसेकी एक किशोरी बलात्कृत, एक जना पक्राउ

बुधबार, असार ५ २०८१

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।

मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको थियो ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ परेका छन् ।