काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनेको केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा सोमबार प्रचण्ड, ओली र देउवाबीच करिव तीन घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
लामो छलफलपछि सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन भएको छ। यसले संसद्को गतिविधि पनि सहजै अगाडि बढ्ने वातावरण बन्दै गएकाले शीर्ष तीन नेताले छलफल गरेको बुझिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कांग्रेसले संसद् खोलेपछि पहिले बन्द भएको अवधिको क्षतिपूर्ति हुने गरी संसद्लाई बिजनेस दिनेबारे छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अगाडि बढ्ने अभिप्रायसाथ कानुन निर्माणदेखि समसामयिक सन्दर्भसम्म छलफल भएको थियो ।
बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरुबीच करिव तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो ।
बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो ।