काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ बरगाछी चोकस्थित सडकमा प्रदेश नम्बर १–०२–००२ च ६३०६ नम्बरको कारले को. १६ प ७४९४ नम्बरको स्कुटरलाई आइतबार राति ठक्कर दिँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका–२ जोगडामा खेत जोत्ने क्रममा लु.४ त ७७४९ नम्बरको ट्याक्टरले किचेर चालक सोही गाउँपालिका–२ बस्ने ३६ वर्षीय राजु लोधको सोमबार बिहान मृत्यु भएको छ । ट्याक्टरबाट लडेर ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।