बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घरबेटीमाथि बलात्कार गरेको आरोपमा रविरत्न चुँडाल पक्राउ

शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौं । बलात्कार आरोपमा प्रहरीले भाइरल अन्तर्वार्ता दिने रविरत्न चुँडाललाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो । चुँडालले आफूलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए ।

झापा घर भएका चुँडाललाई ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी वृत महाराजगञ्जमा उनीविरुद्ध बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ ।

बलात्कारको आरोप लगाउने महिला चुडाँलको घरबेटी रहेको प्रहरीले जनाएको छ । उनको घरमा चुडालले सटर भाडामा लिएका थिए ।

बुधबार पक्राउ परेका चुँडालले सुकेधारामा पसल संचालन गर्दै आएका छन् । उनी पसलबाट पक्राउ परेका हुन् ।