शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रहरी प्रभाव दरबारमार्गमा खटिएका प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

आइतबार, जेष्ठ ६ २०८१

काठमाडौं  । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो ।

स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुइँतलामा बोराले छोपेको अवस्थामा घिमिरेको शव फेला परेको थियो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।