काठमाडौं । विभिन्न अनलाइन ब्याटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगाना रहेका छन् ।
ढुंगानाले विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक तथा खाता र वालेटहरूमा खाता खोली २ अर्ब १ करोड बढी रकम कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै १५ वटा वालेटहरू प्रयोग गरी ५ करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।
उनले आफ्नो परिचय परिवर्तन गरी अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड,भारतीय एचडीएफसी बैंकको चेकबुक,एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।