दाङ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम गरेको बताए । उनी अटो चालक टेकबहादुर घर्ती हुन् । उनले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका थिए ।
घटनाबारे बृस्तृत विवरण आउन बाँकी छ ।