काठमाडौं । ५९ औं बिद्यार्थी दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले खुल्ला डिजिटल वक्तित्वकला आयोजना गर्ने भएको छ । नेपाली विधार्थी आन्दोलनको गौरवपुर्ण दिन जेठ १ गते बिद्यार्थी दिवसको अवसरमा ‘समृद्ध नेपालको आधार–शिक्षा र रोजगार’ भन्ने शीर्षकमा वक्तित्वकला आयोजना गर्ने भएको हो ।
‘जेठ १ गते बिद्यार्थी दिवस हो, हामीले पहिले पनि बिद्यार्थी दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका थियौँ, यसै सन्दर्भमा यसपालि डिजिटल वक्तित्वकला आयोजना गर्दैछौं’ अखिल क्रान्तिकारीका ईन्चार्ज हिमाल शर्माले बताँए । उहाँले शिक्षा र रोजगार नै समृद्धिको एउटा ढोका हो, आम युवा तथा बिद्यार्थी पङ्तिमा नेपालमा नै केहि गर्न सकिने सकारात्मक सोचको बिकास होस् र शिक्षा प्रणलीलाई व्यवस्थित तथा सुधारको निमित्त पनि हामीले ‘समृद्ध नेपालको आधार–शिक्षा र रोजगार’ वक्तित्वकलाको बिषय राखेका हौँ ।
डिजिटल वक्तित्वकलाका लागि प्रत्येक सहभागिहरुलाई ५ मिनेटको समय दिएको छ । सहभागिहरुले उभिएर शरिरको पुर्ण भाग देखिने गरी आफ्नो विषयमा बढिमा ५ मिनेटसम्मको भिडियो बनाई वैशाख २६ गते सम्म पठाउनुपर्नेछ ।
वक्तित्वकलाको निर्णायक मण्डलमा केशव भुसाल, हिमाल शर्मा, बाबा बस्नेत रहनुभएको छ । उत्कृष्ठ पहिलो, दोश्रो, तेश्रो प्रतियोगीलाई जेठ १ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ ।
