बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज मनमोहन अधिकारीको २५औँ स्मृति दिवस मनाइँदै

बिहिबार, बैशाख १३ २०८१

काठमाडौं । नेकपा (एमाले)का संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा एमालेले वि.सं. २०५१ मा ९ महिना सरकार चलाएको थियो ।

अधिकारी नेतृत्वको तत्कालीन सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषका नाममा संयुक्त रजिस्टेसन पासलगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।

अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो ।

२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।