काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदै छन् ।
उनी इलामको चुलाचुलीमा हुने पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।
अध्यक्ष ओली बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानेछन् ।
यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले–माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको हो ।
यस क्षेत्रबाट निर्वाचित सांसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् ।
सुहाङलाई सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीहरुको समर्थन रहेको छ ।
अध्यक्ष ओलीले गत वैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाी सभालाई सम्बोधन गरेका थिए। अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण शक्ति यस निर्वाचनमा केन्द्रीत गर्न नेता कार्यकर्तालाई यसअघिनै निर्देशन दिइसकेका छन् ।
अध्यक्ष ओली आज दमकस्थित आफ्नो निवासमा बस्ने उनको सचिवालयले जनाएको छ।